Logo

    ‘सत्यम्’को छायांकन अनिश्चित भयो ,उच्च अदालतले पललाई थुनामै राख्‍न आदेश दिएपछि

    बिष्णु प्रसाद बराल २०७९ जेष्ठ २०, शुक्रबार ०८:५३ मा प्रकाशित

    बलात्कार मुद्दाको सुनुवाइ अभिनेता पल शाहलाई थुनामै राखेर गर्नुपर्ने भनी उच्च अदालत पोखराले आदेश दिएपछि फिल्म ‘सत्यम्’ छायांकन फेरी अनिश्चित बनेको छ ।
    निर्माताको योजना पल रिहा भएपछि छायांकनमा जाने आशामा रहेका थिए। तर अहिले छायांकनमा जाने अन्योलग्रस्त बनेको छ । पलको म्यानेजर समेत रहेका र यसअघि धरौटीमा रहेका कृष्ण जोशीले शुक्रबार बिहान पोस्ट गरेको फेसबुक स्टाटसले पनि त्यसलाई पुष्टि गर्छ ।
    जोशीले फिल्म निर्माता रेशम सापकोटाको तस्वीर सेयर गर्दै ‘सत्यम्’ फिल्मको प्रसंग उल्लेख गरेका छन् । ‘म पोखरामा छु तपाईं कता ? फोन अफ छ । तपाईंको नियतमाथि शंका लाग्यो,’ जोशीले लेखेका छन् ।

    पललाई थुनामै राख्ने अदालतको आदेशको भोलिपल्ट जोशीको उक्त स्टाटसले फिल्मको छायांकन अन्योलमा परेको संकेत गर्छ । स्रोतका अनुसार निर्माता सापकोटा र जोशीबीच आर्थिक कारोबार भएको बताइन्छ । अदालतको आदेशपछि निर्माता सापकोटाको फोन अफ छ ।

    पल रिहा भएपछि तत्काल छायांकनमा जाने भन्दै निर्माता सापकोटाले अभिनेता राजेश हमाललाई पनि पर्खाएका थिए । यसअघि अनलाइखबरसँग कुरा गर्दै हमालले आफूले लामो समय फिल्मको लागि प्रतीक्षा गर्न नसक्ने बताएका थिए ।
    ‘सत्यम्’ फिल्मबाट हमाल र पलले महंगो पारिश्रमिक लिएका छन् । यसै महिनाको सुरुवातमा फिल्मको गीत समेत रिलिज भएको थियो जहाँ हमाललाई मात्र चित्रण गरिएको छ ।

    ‘सत्यम्’ अब पलबिनै छायांकनमा जान्छ कि निर्माण नै हुँदैन भन्ने चासो सुरु भएको छ ।

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार