गोरखाका केशव घिमिरे ; सडक भासिएको स्थानमा भेटिएका दुइमध्ये एक शवको सनाखत - Asalkhabar
Logo

    गोरखाका केशव घिमिरे ; सडक भासिएको स्थानमा भेटिएका दुइमध्ये एक शवको सनाखत

    गोरखाका केशव घिमिरे ; सडक भासिएको स्थानमा भेटिएका दुइमध्ये एक शवको सनाखत असल खबर २०७९ जेष्ठ २७, शुक्रबार १४:३५ मा प्रकाशित

    तनहुँ । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुइमध्ये एक जनाको सनाखत भएको छ । नदी किनारबाट प्रहरीले दुई जनाको शव फेला पारेको हो ।

    गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

    घिमिरे सवार ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला परेको छैन । सडक भासिएर मर्स्याङ्दी नदीमा पुगेको थियो ।

    सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ । प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ कार भने भेटिएको छैन ।

    यस्तै बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पनि पहिरामा खसेर बेपत्ता छ । मोटरसाइकलमा सवार व्यक्ति भने सकुशल रहेको खुलेको तनहुँका प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

    बिहान करिब ४ बजेर ५० मिनेटमा सडक भासिएको प्रहरीको अनुमान छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडक खण्डको आँबुखैरेनी–४ साँखरमा शुक्रवार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको थियो ।

    बिहानदेखि अवरुद्ध मुग्लिन–आँबुखैरेनी सडक दिउँसोबाट एकतर्फी खुल्न थालेको छ । माइक्रो बस सम्मका साना सवारी कट्न सक्ने बाटो बनेको छ । ठूला सवारी साधन चल्न केही दिन लाग्ने प्रहरीले जनाएको छ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु