Logo

    पोर्चुगलमा सम्पर्कविहीन भएका नेपाली युवाको शव समुद्रमा भेटियो

    असल खबर २०७९ जेष्ठ २८, शनिबार १२:१९ मा प्रकाशित

    रासस, लिस्बन । करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो । 

    सिलवालको शव समुद्रमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रिन अधिकारीले जानकारी दिनुभयो ।

    उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको अधिकारीले बताउनुभयो । 

    प्रहरीले दिएको जानकारीअनुसार सिलवालको शव राजधानी लिस्बन नजिकै पर्ने पासो डि आर्कोसस्थित समुद्रमा डुबेको अवस्थामा भेटिएको अधिकारीले बताउनुभयो । उनको शव कासकाइसस्थित अस्पतालको शव गृहमा राखिएको छ ।

    सो घटनाका विषयमा उनको परिवारलाई जानकारी गराइएको र परिवारले शव नेपाल पठाइदिन आग्रह गरेको अधिकारीले बताउनुभयो । 

    बेपत्ता भएका सिलवालको खोजी कार्यका लागि सङ्घले यहाँको प्रहरी प्रशासनलाई खबर गर्नुका साथै ठाउँ ठाउँमा उनको फोटोसहितको पोस्टरसमेत टाँसेको थियो ।

    सिलवाल वैदेशिक रोजगारीको सिलसिलामा सात वर्षअघि पोर्चुगल आएका थिए । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । 

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार