Logo

    अस्ट्रेलिया सन् २०२२ को विश्वकप छनोटमा पर्न सफल

    बिष्णु प्रसाद बराल २०७९ जेष्ठ ३१, मंगलवार ०२:११ मा प्रकाशित

    असल खबर-कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोटमा अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया छनोटमा ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो ।

    निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।
    अस्ट्रेलिया समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ । विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो मंगलबार लाग्नेछ । अन्तिम स्थानका लागि कोस्टारिका र न्युजिल्याण्ड भिड्नेछन् ।  एजेन्सी 

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार