Logo

    बुबालाई बुहारीसँग मिलेर बृद्धाआश्रम पठाउने छोराको कथा ‘मानव जीवन’ भजनमा

    असल खबर २०७९ असार ६, सोमबार ०८:१४ मा प्रकाशित

    काठमाडौँ । गायक इन्द्र लामिछानेको स्वर रहेको मानव जीवन बोलको भजन सार्वजनिक गरिएको छ ।  लोकप्रिय गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द शृजना तथा संगीत रहेको गीतमा कुमार थापाको एरेन्ज रहेको छ । जसमा मिक्स तथा मास्टरिगं किशोर थापाको रहृको छ ।

    सार्वजनिक भिडियोमा पछिल्लो समय बढ्दो आधुनिकता, व्यस्त जीवन शैली र फेरिँदो रहनसहनकाबिच छोरा छोरी र बुहारीले बाबु आमालाई हेर्ने नजर फेरिएका कतिपय नराम्रा घटनाहरुलाई समेटेर गायक लामिछानेले तयार पारेको मानव जीवन बोलको भजनमा बाबु आमालाई बोझका रुपमा हेर्दै बुहारी र पत्निको नराम्रो कुरा सुनेर बृद्धा आश्रममा लग्ने बढ्दो प्रचलनलाई भिडियोमा मार्मिक तरिकाले देखाइएको छ ।

    किरण चाम्लिगं राईको निर्देशन रहेको भिडियोमा बरिष्ठ कलाकार हरिहर शर्माको अभिनयले जीवन भरेको देखिन्छ । भिडियोमा हरिहर शर्माका अलावा दिनेश कोइराला र रमा खड्काको अभिनय रहेको छ । गायक स्वयमकै अफिसियल युट्युब च्यानल लामिछाने ब्रदर्स इन्टरटेनमेन्टबाट बजारमा आएको हो ।

    भिडियो

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार