Logo

    नेपालले आज एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप हङकङसँग प्रतिस्पर्धा गर्दै

    बिष्णु प्रसाद बराल २०७९ असार ७, मंगलवार ०२:४८ मा प्रकाशित

    असल खबर।नेपालले आज मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
    नेपालले किनरारा ओभलमा चौंथो खेलमा हङकङसँग खेल्न लागेको हो। नेपाल र हङकङबीचको खेल मध्यान्ह १२ बजे सुरु हुनेछ।
    हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ। यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ। नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ।
    समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ। नेपालले ३ खेलमा ६ अंक जोडेको छ।
    नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो।
    च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
    च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार