Logo

    सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ

    बिष्णु प्रसाद बराल २०७९ असार ८, बुधबार ०९:०२ मा प्रकाशित

    असल खबर। सत्तारुढ गठबन्धनको बैठक आज बुधबार दिउँसो ३ बजे बस्दैछ ।मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचन लगायतका विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
    नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन ।
    सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले बजेट पारित हुनुअघि मन्त्री हेरफेर नगर्ने सहमति गरेको थियो । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न लागेपछि अन्य दलहरुमा पनि मन्त्री हेरफेरको आवाज उठेको छ ।

    यसै वर्ष संघीय र प्रदेशसभा निर्वाचन हुने भएकाले सत्तारुढ गठबन्धनको बैठकमा चुनावको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार