Logo

    रेल्वे सेवा सुरु भएपछि आज पहिलो पटक भारतीय रेल नेपाल आउने

    बिष्णु प्रसाद बराल २०७९ असार ९, बिहीबार ०५:३० मा प्रकाशित

    असल खबर। ‘भारतीय गौरव पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर आउने भएको छ । यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने जानकी मन्दिरका महन्थ रामरोसन दासका बताएका छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक नेपाल आउन भारतीय रेल लागेको हो ।
    भारत सरकारको महत्वाकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ ।

    भारतीय पर्यटकहरूलाई जनकपुर भ्रमण गराउन मधेश प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा वन मन्त्रालयले समन्वय गर्नेछ भने जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा उनीहरुलाई सहभागी गराइने छ ।
    मंगलवार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेसनवाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरुको भ्रमण गरेर विहीबार मध्यान्ह नेपाल प्रवेश गर्न लागेको हो ।

    समय तालिकाअनुसार मध्यान्ह १२ बजे जयनगर आईपुग्ने सो रेलले त्यसपछि नेपालको यात्रा तय गर्नेछ । शुक्रबार पुनः नेपाल भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Sancheti Tea Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Fewa Security Ads
    Atal Cement Ads
    Kishan Pipe Ads
    ट्रेंडिंग समाचार