रेखाको चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित तथा रेखा थापा निर्मित चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक गरिएको छ।
बाबुल गिरी र एलिना चौहानको स्वरमा रहेको ‘वाह वाह’ बोलको गीत काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। बाबुल गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीत रोमान्टिक र डान्सिङ छ ।
गीतमा चलचित्रका शीर्ष कलाकारहरु फिचर्ड छन् । गीतमा चलचित्रका तीन जोडीलाई प्रस्तुत गरिएको छ । रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।
रेखा फिल्मस् र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र सामाजिक विषयवस्तुमाथि बनेको छ । चलचित्रमा अभिमन्यू निरवी तथा सुलक्षण भारतीको लेखन छ ।
चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, विष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन र देव गुरुङको सम्पादन,पार्स्व संगीत सास्वत श्रेष्ठको रहेको छ । चलचित्र फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र ६, मंगलवारप्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिनुहुने
- कला, विचार/मनोरञ्जन२०८० चैत्र ६, मंगलवारविपिन र सुरक्षालाइ उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड
- समाचार२०८० चैत्र ६, मंगलवारनीलकण्ठ –७ तल्लोबेशीमा चितुवाको आक्रमणमा ४ जना घाईते, प्रतिकारमा चितुवाको मृत्यू
- समाचार२०८० चैत्र ६, मंगलवारकथाकार प्रधानको निधन