भुकम्पको कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १३७ पुग्यो
जाजरकोट,१८ कार्तिक
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । दिउँसो १ बजेको अपडेट अनुसार जाजरकोटमा मात्र ६९ महिला र ३० पुरुष गरी ९९ जनाको मृत्यु भएको छ । त्यसैगरी रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको हो । दुवै जिल्लाको मृतकको सङ्ख्या जोड्दा १३८ पुगेको हो ।
त्यस्तै जाजरकोटमा ८१ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ७५ जना घाइते भएका छन् । भूकम्पबाट दैलेखमा २, सल्यानमा १ र जुम्लामा ५ जना घाइते भएका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र ६, मंगलवारकथाकार प्रधानको निधन
- समाचार२०८० चैत्र ६, मंगलवारशिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का
- समाचार२०८० चैत्र ५, सोमबारपूर्वसभामुख महरा उपचारको लागि नर्भिक अस्पतालमा
- समाचार२०८० चैत्र ५, सोमबारपुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह