खुमन र शान्तीश्रीको स्वरमा तिज गीत ‘थरी थरी भोले’ - Asalkhabar
Logo

    खुमन र शान्तीश्रीको स्वरमा तिज गीत ‘थरी थरी भोले’

    खुमन र शान्तीश्रीको स्वरमा तिज गीत ‘थरी थरी भोले’ असल खबर २०७९ असार १६, बिहीबार १३:२८ मा प्रकाशित

    काठमाडौँ । तिज आउन करिब दुई महिना बाँकी छ । तर बजारमा तिज लक्षित गीतसंगीत भने आउन थालिसकेका छन् । यस्तैमा चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तिज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ ।

    लोक तथा डान्सिङ शैली तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ ।

    गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । थुप्रै कोरस प्रयोग गरेर बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन् । तडक भडन नगरी निकै जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नविन घर्तिमगरले गरेका हुन् ।

    लोक, आधुनिक लगायत थुप्रै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिदै आएकी छन् ।

    ‘थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै शिवर्दन फिल्मस्बाट निर्माण तथा सार्वजनिक गरेकी हुन् । गीत तथा भिडियो निकै राम्रो बनेकोले दर्शक श्रोताको मनपराउने निर्देशक गायत्रीले बताइन् ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु