Logo

    हाइटी भूकम्पको एकवर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन्

    हाइटी भूकम्पको एकवर्ष, दुई लाख ५० हजार बालबालिका विद्यालय जान पाएनन् असल खबर २०७९ भाद्र ३, शुक्रबार ०७:३४ मा प्रकाशित

    संयुक्त राष्ट्रसङ्घ, सिन्ह्वा । हाइटी भूकम्पको एक वर्षपछि पनि यहाँका कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका विद्यालय जान पाएका छैनन् ।संयुक्त राष्ट्रसङ्घका अनुसार यहाँका विद्यालय भवन एक वर्षअघिको भूकम्पले भत्काइदिएको थियो । ती विद्यालय भवनहरु निर्माण गर्न वर्षाैँसम्म लाग्नसक्ने राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय बालकोषले यहाँका २३४ कक्षा कोठा निर्माण गरिदिएको छ । सीमित आर्थिक अवस्था तथा अरु चुनौतीहरुका कारण राष्ट्रसङ्घीय बालकोषले गएको वर्ष दिनमा ती कक्षा कोठासहितका भवन निर्माण गरेको हो ।

    संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका सहप्रवक्ता फराह हकले सो कुराको जानकारी दिनुभएको हो ।उहाँले दिनुभएको जानकारीअनुसार बालकोषले निर्माण गरिदिएका भवनहरुबाट ७४ हजार जना जति बालबालिका विद्यालय जान पाएका छन् भने अरु कम्तीमा पनि दुई लाख ५० हजार जना बालबालिका अझै पनि कक्षा कोठाभन्दा बाहिर रहेका छन् ।

    राष्टसङ्घीय बालकोषले यहाँ भूकम्पबाट पीडित बालबालिकालाई शैक्षिक सामग्री, पोषणयुक्त खानेकुरा तथा अन्य आवश्यक सहायता पनि उपलब्ध गराएको छ ।

    अझै पनि ठूलो संख्याका बालबालिका आफ्नो घर नभएर आश्रयस्थलमा बसिरहेका छन् । विभिन्न दाताको सहयोगमा यहाँ टेन्टहरु बनाइएको छ र त्यहाँ नागरिकले आश्रय लिइरहेका छन् । सो भूकम्पले एक हजार २५० विद्यालय भवन भत्काएको थियो । तीमध्ये अधिकांश अझै पुनः निर्माण हुन सकेको छैन ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार