Logo

    रुसी आक्रमण परी युक्रेनमा २२ सर्वसाधारणको मृत्यु, ५० भन्दा बढी घाइते

    रुसी आक्रमण  परी युक्रेनमा २२ सर्वसाधारणको मृत्यु, ५० भन्दा बढी घाइते असल खबर २०७९ भाद्र ९, बिहीबार ०६:२४ मा प्रकाशित

    काठमाडौं । युक्रेनको एक रेल स्टेसनमा भएको रुसी आक्रमण परी कम्तिमा २२ सर्वसाधारणको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएका छन् । 

    राष्ट्र सङ्घीय सुरक्षा परिषदको बैठकलाई भिडियो मार्फत बुधवार सम्बोधन गर्नुहुँदै, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनको पूर्वी सहर च्यापलिन स्थित एक रेल स्टेसनमा भएको रुसी आक्रमणका कारण रेलको डब्बामा आगजनी भएको र बालबालिका सहित २२ सर्वसाधारणको मृत्यु भएको बताउनु भयो । 

    युक्रेनको स्वतन्त्रता दिवस र रुसले युक्रेन माथि आक्रमण गरेको ६ महिना पुरा भएको दिन लक्षित गरी भएको रुसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने राष्ट्रपति जेलेन्स्कीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।   

    रुसले हाल सम्म आक्रमणको जिम्मा लिएको छैन ।  अमेरिका लगायतका पश्चिमा राष्ट्रहरूले आक्रमणको निन्दा गरेका छन् । 

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार