Logo

    साढे दुई महिनामा बाढी पहिरोका कारण पाकिस्तानमा नौ सयको मृत्यु

    साढे दुई महिनामा बाढी पहिरोका कारण पाकिस्तानमा नौ सयको मृत्यु असल खबर २०७९ भाद्र १०, शुक्रबार ०७:४६ मा प्रकाशित

    इस्लामावाद, सिन्ह्वा । पाकिस्तानमा पछिल्लो समयमा आएका बाढी पहिरोमा परी नौ सयभन्दा बढीको मृत्यु भएको छ ।

    गत जुन मध्यदेखि अहिलेसम्म आएका बाढी पहिरोमा परी नौ सय तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

    राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु १३ सय जना घाइते भएका छन् ।

    त्यसैगरी हजारौँ मानिस घरबार विहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ ।

    अत्यधिक वर्षाका कारण पाकिस्तानका विभिन्न ठाउँमा ठूला बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति भएका हुन् ।

    पछिल्लो २४ घण्टामा मात्रै ७० भन्दा बढीको मृत्यु भएको छ । प्राधिकरणका अनुसार सोही अवधिमा बयासी हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।

    बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन् ।

    बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरूले बताएका छन् । उनीहरूले सहयोगका लागि अपिल समेत गरेका छन् ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार