Logo

    आमाको गर्भमै बच्चाको स्वास्थ्य जाँच के–के गरिन्छ त ? जान्नु पर्ने कुरा

    आमाको गर्भमै बच्चाको स्वास्थ्य जाँच के–के गरिन्छ त ? जान्नु पर्ने कुरा बिष्णु प्रसाद बराल २०७९ भाद्र २०, सोमबार १५:३० मा प्रकाशित

    गर्भमा रहेको बच्चामा कुनै स्वास्थ्य समस्या वा रोग छ वा छैन भनेर गर्भवतीको गर्भ परीक्षण गर्दा पनि थाहा पाउन सकिन्छ। यस्तो परीक्षण पहिलो तीन महिनामा पनि गरिन्छ। तर कतिपय गर्भवती तीन महिनामा परीक्षण गर्न नआउने समस्या पनि छ।

    आमाको पाठेघरबाट पानी निकालेर बच्चामा कुनै रोग छ वा छैन भनेर हेर्न सकिन्छ। यसरी गरिने परीक्षणबाट डाउनसिन्ड्रोम छ वा छैन भनेर हेर्न सकिन्छ।

    यस्तो हुँदा दोस्रो पटक ४ महिनादेखि ६ महिनासम्ममा अल्ट्रासाउन्ड गरेर बच्चाको वृद्धि विकास हेर्न सकिन्छ। डाउनसिन्ड्रोमको अवस्था हेर्न सकिन्छ। अन्य परीक्षणहरु पनि हुन्छ। तर यी सबै परीक्षण महंगा छन्। सबै गर्भवती महिलाहरुले गर्भावस्थामा सबै परीक्षण गर्न सक्दैनन्।

    डाउनसिन्ड्रोमको समस्या देखिने उच्च जोखिममा ढिलो उमेरमा बच्चा जन्माउनेहरु पनि पर्छन्। आमाको उमेर धेरै छ र पहिलो पटक गर्भवती हुँदा त्यस्तो शिशुमा डाउनसिन्ड्रोम हुने जोखिम बढी हुन्छ। त्यस्तो गर्भवतीले डाउनसिन्ड्रोम पहिला नै परीक्षण गराउन सक्छन्।

    यस्तै परिवारमा पहिला नै विकलांग बच्चा जन्मिएको छ भने सो परिवारका गभर्वतीले पहिला नै परीक्षण गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ। सबै गर्भवतीले सबै परीक्षण गर्न सम्भव भने छैन। त्यसको कम्प्लिकेसन पनि छ त्यसैले उच्च जोखिममा रहेका गर्भवतीले मात्रै परीक्षण गर्नुपर्छ।

    सबै गर्भवतीले चिकित्सकको परामर्श अनुसार नियमित गर्भजाँच गराएमा पनि उनीहरुमा कस्ता परीक्षण गर्न आवश्यक छ भन्ने थाहा हुने चिकित्सककों भनाइ छ।

    गर्भमा २० हप्ताको भ्रुण रहेको समयमा अल्ट्रसोनोग्राफीद्वारा विस्तृत रुपमा गरिने एनोमली परीक्षणबाट धेरै कुरा पत्ता लगाउन सकिन्छ। चिकित्सकहरुका अनुसार एनोमली स्क्यान (विसंगति/अपांगता स्क्यान) प्रायः गर्भावस्थाको २० हप्तामा गरिन्छ। यो स्क्यान मान्यता प्राप्त रेडियोलोजिष्टद्वारा गरिन्छ।

    यस स्क्यानले गर्भमा रहेको बच्चाको विकास अनुगमनको साथसाथै आमाको पाठेघरको अवस्था पनि परीक्षण हुन्छ। यसमा बच्चाको शरीरको विभिन्न अंग र भागको स्क्यान गरिन्छ। जस्तै–मस्तिष्क, मेरुदण्ड, मुटु, पेट, हात/गोडा, मिर्गौला इत्यादि। यस स्क्यानद्वारा बच्चाको शारीरिक र मानसिक विकास कस्तो रुपमा भइरहेको छ भन्ने पत्ता लाग्छ। साथै सालको अवस्था पनि थाहा हुन्छ। यो आमा र बच्चा दुवैका लागि सुरक्षित प्रक्रिया मानिन्छ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार