
कविता – Girlfriend बाट पीडित लोकसेवा वाला केटा
तिमी आफू पढ्दिनेउ प्रिय किन मलाइ पढ् मात्र भन्छेउ,
आफू लोकसेवा लढ्न डराएर किन मलाइ लड मात्र भन्छेउ।।
सानू तिमीलाइ पाउन भनेर म सब छाडेर लाग्ने,
तर तिमी किन हो कुन्नी सुब्बाको पछाडी मात्र भाग्ने।।
आखिर तिमिलाइ पनि सुब्बा नै मन छ भने हुन,
मैले मात्र पढेर हुदैन तिमिले पनि पर्यो पुस्तक छुन ।।
आफू सुब्बा हुन लोकसेवाका किताबसङ डराएर,
माया गरेको नाटक गरि मलाई लोकसेवा पढाएर।।
प्रिय यसरी बाहिरबाट रमिता कतिन्जेल हेर्छ्यौ,
छेपारोले जसरी घरीघरी रंग किन फेर्छ्यौ।।
मलाइ पनि तिम्रो हुन त धेरै मन थियो,
तर के गर्नु सुब्बाको पदले सधैभरी टाढा बनाइदियो।।
ठुलाठुला किताब पढ्दा पढ्दै म त ह्याङ
सुब्बा भइ तिमीलाई पाउनभन्दा बरु अर्कै तिर जान्छु।।
किन बचाउछेउ प्रिय यसरी मलाइ हरेक पल टर्चर दिदै,
बाच्दिन भो तिम्रै हातबाट मर्छु बरु अन्तिम सास लिदै।।
आज भनेकि छेउ सुब्बा फेरि अफिसर भनौली भोलि,
यसरी दिनरात सताउन भन्दा बरु मार्देउ हानेर गोली।।
तिमिलाइ म होइन प्रिय चाहिएको रहेछ नासु,
तिम्रो बानी यस्तै हो भने, भो बनाउदिन तिम्री आमालाइ सासू ।।
लेखक – केशव गाैतम