Logo

    युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित

    युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रबाट ७३ हजार विस्थापित असल खबर २०७९ भाद्र २८, मंगलवार १२:५० मा प्रकाशित

    किभ, सिन्ह्वा । युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ ।

    विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ । यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।

    युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले अनिवार्य निकासीलाई अन्य द्वन्द्वग्रस्त क्षेत्रहरूमा विस्तार गर्न सकिने बताउनु भएको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार