Logo

    नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

    नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने असल खबर २०७९ आश्विन ९, आईतवार १८:०२ मा प्रकाशित

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले मङ्गलवार दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

    घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    बंगलादेशविरुद्धको खेलका लागि नेपालले अन्तिम तयारी गरिरहेको छ । नेपाल घरेलु मैदानमा बङ्गलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ ।

    नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले बंगलादेशविरुद्ध जित निकाल्दै दशैंको बेला फुटबल समर्थकलाई खुशी पार्ने योजना रहेको बताउनुभयो ।

    मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी टोली नेपाल आइसकेको छ । कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर बङ्गलादेशी टोली नेपाल आएको हो । कम्बोडियासँगको खेलमा बङ्गलादेश १–० ले विजयी भएको थियो ।

    बंगलादेशविरुद्धको खेलका लागि हुमागाईँले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसक्नुभएको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार