Logo

    बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

    बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो असल खबर २०७९ आश्विन १०, सोमबार १७:३९ मा प्रकाशित

    ढाका, रासस । बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ ।

    यहाँका स्थानीय सञ्चार माध्यमहरूले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए ।“आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ,“ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिनुभएको छ ।

    उहाँले केही व्यक्ति हराइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिनुभएको थियो ।सो डुङ्गामा एक सय जना जति यात्रु रहेका बताइएको छ । अहिले पनि डुङ्गामा रहेका अरू १० देखि १२ जना जति यात्रु हराइरहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिनुभएको छ ।

    उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उहाँले जानकारी दिनुभयो । डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार