स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
पर्वत- पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक कार्यालय पर्वतले दिएको जानकारीअनुसार स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि ल्याएको र उपचार हुन नसकेपछि प्रहरीकै साथमा पोखरा पठाएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले अस्पतालमा पुर्याएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।
स्कुटरमा अझै अर्को व्यक्तिपनि सवार भएको आशंका गरिएपनि हालसम्म पत्ता लाग्न नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।
स्कुटरमा उपलब्ध लाइसेन्समा रहेको सम्पर्क नम्बरमा कुरा गर्दा खसी खोज्नका लागि कुश्मातर्फ गएको भन्ने बुझिएको छ । प्रहरीले सडक सुरक्षाका लागि राखिएका सिसिक्यामराको सहायता लिएर खोजि गरिरहेको जनाएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबार‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा
- समाचार२०८० चैत्र १६, शुक्रबारमौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारकम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित