नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
चितवन, ५ पुस
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनले आज एक सूचना जारी गरेर जनाएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधन मध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।
यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।
उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुल्ला
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारकम शो दिइएको भन्दै एनिमेटेड फिचर फिल्म ‘सलिना’ले गर्यो रिलिज स्थगित
- समाचार२०८० चैत्र १५, बिहीबारआशा जगाउने गरी काम गरौँ : प्रधानमन्त्री (भिडियोसहित)
- समाचार२०८० चैत्र १५, बिहीबारबागमती प्रदेशमा चार दलबीच सत्ता सहकार्य गर्ने सहमति