गीतकार पुनम मोथेको ‘नाँच माया ‘ गीत छायाँकन सम्पन्न, असोज २६ गते सार्वजनिक हुँदै - Asalkhabar
Logo

    गीतकार पुनम मोथेको ‘नाँच माया ‘ गीत छायाँकन सम्पन्न, असोज २६ गते सार्वजनिक हुँदै

    गीतकार पुनम मोथेको ‘नाँच माया ‘ गीत छायाँकन सम्पन्न, असोज २६ गते सार्वजनिक हुँदै असल खबर २०७९ आश्विन २३, आईतवार १८:०४ मा प्रकाशित

    काठमाडाैँ । लामो समयदेखि अमेरिकामा रहेर नेपाली गीत संगीतमा सक्रिय रहँदै आउनुभएकी गीतकार पुनम मोथेको नाँच माया बोलको गीतको छायाँकन सम्पन्न भएको छ । गीतमा शव्द पुनम मोथेकै रहेको छ भने स्वर तिलक बस्नेत र बिन्दु परियारको रहेको छ । गायक स्वयम तिलक बस्नेतले संगीत गर्नुभएको गीतको भिडियोतर्फ भने बिना राउत र सरोज प्रजाको अभिनय , पवन सुस्लिङको छायाँकन तथा सम्पादन , प्रशान्त मगरको कोरियोग्राफी तथा जीवन शाहीको निर्देशन रहेको छ ।

    लामो समयदेखि संगीत यात्रालाई निरन्तरता दिँदै आउनुभएकी पुुनमको पछिल्लो समय अविरल माया बोलको गीत दर्शक श्रोताले अत्याधिक मन पराउनुभएको थियो । पछिल्लो गीतलाई जस्तै या त्योभन्दा बढी नाँच मायालाई दर्शक श्रोताले मन पराईदिनुहुनेछ भन्ने कुरामा गीतकार पुनम आशावादी रहनुभएको छ । नेपाली दर्शक श्रोताहरुलाई प्रवाशमा रहेकी नेपाली चेलीको तिहारको कोशेली स्वरुप गीतको भिडियो असोज २६ गते सार्वजनिक हुँदैछ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु