Logo

    डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु

    डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु असल खबर २०७९ आश्विन २८, शुक्रबार १५:०५ मा प्रकाशित

    एजेन्सी । कम्बोडियामा अङ्ग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दा कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ ।

    सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिण पूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेको स्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताउनु भएको छ  ।

    ‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ’ थाउले भन्नु भएको छ । पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ ।  दुई वयस्क ,डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उहाँले बताउनु भएको छ ।

    एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गर्नु भएको छ ।डुङ्गा दुर्घटनाहरू दक्षिण पूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन् । नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुङ्गा रहेको छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार