Logo

    भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु

    भारतको केदारनाथमा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु असल खबर २०७९ कार्तिक १, मंगलवार १५:१९ मा प्रकाशित

    भारत, एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित त्यसमा सवार सबै सात जनाको मृत्यु भएको छ ।

    प्रसिद्ध धार्मिकस्थल केदारनाथ भन्दा झण्डै दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा आज दिउँसो खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

    उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रविशंकरले हेलिकप्टर दुर्घटनामा पाइलट अनिल सिंहसहित सात जनाको मृत्यु भएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार