Logo

    बाढीपहिरोबाट पाकिस्तानमा एक हजार ७०० भन्दा बढीको मृत्यु

    बाढीपहिरोबाट पाकिस्तानमा एक हजार ७०० भन्दा बढीको मृत्यु बिष्णु प्रसाद बराल २०७९ कार्तिक ७, सोमबार ०८:४० मा प्रकाशित

    असल खबर। बाढीपहिरोमा परी पाकिस्तानमा यो वर्षको वर्षायाममा एक हजार ७०० भन्दा बढीको मृत्यु भएको छ।
    बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका अनुसार एक हजार ७३१ पुगेको छ। विपदजन्य घटनामा १२ हजार ८०० भन्दा बढी घाइते भएका छन्।
    विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सिन्ध प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ७९२ जनाको मृत्यु भएको छ।
    पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन्। बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन्।  एजेन्सी 

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार