Logo

    खाना अपच हुने समस्या छ भने, यी ८ घरेलु उपायले समाधान गर्न सक्छ

    खाना अपच हुने समस्या छ भने, यी ८ घरेलु उपायले समाधान गर्न सक्छ बिष्णु प्रसाद बराल २०७९ कार्तिक ८, मंगलवार १२:५५ मा प्रकाशित

    असल खबर। खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :
    अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।

    – पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

    – मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।

    – खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ।

    – पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।

    – पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।

    – बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।

    – हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ। एजेन्सी 

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार