अख्तियारको फन्दामा प्रहरी
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको प्रहरी चौकी खडैचामा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी सहायक निरीक्षक भण्डारीले सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र १५, बिहीबारमुगुमा परीक्षा भइरहेकाे हलकाे तस्वीर खिच्न नपाइने
- खेलकुद२०८० चैत्र १५, बिहीबारवर्षाले नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको खेल रद्द
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १५, बिहीबारपहिलो एनिमेटेड फिल्म बनाएर इतिहास रच्दै तेजसराज जोशी
- समाचार२०८० चैत्र १५, बिहीबारचिकित्सकको निगरानीमा रायमाझीको उपचार हुँदै