Logo

    युएइले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दियो

    युएइले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दियो असल खबर २०७९ कार्तिक २८, सोमबार १३:३९ मा प्रकाशित

    काठमाडौँ । संयुक्त अरब इमिरेटस (युएई)ले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको विजयी लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएई विरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको हो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रनको योगफल बनायो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए । ७३ बल खेलेका उनले सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएका हुन् ।

    त्यसैगरी मोहम्मद वासिमले ४४ रन जोडे भने वृत्य अरविन्दले ४० रन जोडे । एलिसान सारिफुलले २९, अमेद राजाले २७ तथा आयन अफजल खानले २६ रन बनाए ।

    बलिङतर्फ नेपालका गुल्शन झाले दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट झारे । घरेलु मैदानमा नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । जसअनुसार नेपालले दोस्रो खेल कात्तिक ३० गते खेल्नेछ भने तेस्रो खेल मङ्सिर २ गते हुनेछ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार