Logo

    जी–ट्वन्टी शिखर सम्मेलन : गम्भीर विश्वव्यापी आर्थिक चुनौतीको सामनाका लागि प्रतिवद्धता

    जी–ट्वन्टी शिखर सम्मेलन : गम्भीर विश्वव्यापी आर्थिक चुनौतीको सामनाका लागि प्रतिवद्धता असल खबर २०७९ मंसिर १, बिहीबार ०७:५० मा प्रकाशित

    एजेन्सी, इन्डोनेसिया । जी–ट्वन्टी समूहको १७औँ शिखर सम्मेलनले विश्वव्यापी आर्थिक चुनौतीको सामना गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

    दुई दिने शिखर सम्मेलनको अन्त्यमा पारित घोषणापत्रमा जी–ट्वन्टी समूहका नेताहरूले विश्वव्यापी आर्थिक पुनरुत्थान, विश्वव्यापी चुनौतीहरूको सामना गर्न र सबल, दिगो, सन्तुलित र समावेशी विकासको जग बसाल्न सहयोग आवश्यक रहेको बताएका छन् ।

    समूहले विकासशील देशहरू, विशेष गरी कम विकसित र साना टापु विकासशील देशहरूलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ ।

    नेताहरूले रोजगारी र वृद्धि प्रदान गर्ने सुदृढ, समावेशी र लचिलो विश्वव्यापी पुनरुत्थान र दिगो विकास हासिल गर्न समन्वय गर्ने बताएका छन् ।

    यसैबीच, समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।

    समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार शिखर बैठक समापान समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिकरूपमा समूहको अध्यक्षता हस्तान्तरण गर्नुभएको हो ।

    जी ट्वेन्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार