Logo

    तृप्ती र राजानन्दको “ए बा भन्देउन” गित सार्वजनिक

    तृप्ती र राजानन्दको “ए बा भन्देउन” गित सार्वजनिक असल खबर २०७९ मंसिर २, शुक्रबार ०७:५६ मा प्रकाशित

    काठमाडौं । पछिल्लो समय गायनबाट चर्चामा रहेकी गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले नयाँ गीत ए बा भन्देउन…को भिडियो बजारमा ल्याएका छन् । यो गीतलाई राजानन्द मान्डब्यले लेखेका हुन् । गीतको संगीत पनि राजानन्दकै रहेको छ ।

    हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले नेताहरुलाई खबरदारी गरेका छन् । नजिकिँदै गरेको सँसदीय निर्वाचनलाई लक्षित गरेर यो गीतको भिडियो चुनावको पूर्व सन्ध्यामा रिलिज गरिएको हो ।

    यो गीतलाई रमेश सेन्चुरीले एरेन्ज गरेका हुन् । यो गीतको भिडियो समसामयिक दृष्यलाई समेटेर तयार गरिएको छ । गीतको भिडियोमा गायक गायिका नै प्रत्यक्ष रुपमा प्रस्तुत भएका छन् । दिपेन्द्र प्रकाश केसीले निर्देशन गरेको यो गीतको  भिडियोलाई दिपेन्द्र आफैंले खिचेका हुन् । छायाँकनमा उनलाई नरेश चैंसिरले सघाएका छन् । गीतको भिडियोलाई नरदम च्यानलबाट रिलिज गरिएको छ ।

    भिडियो

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार