Logo

    एमाले अध्यक्ष ओली अग्रता कायम

    एमाले अध्यक्ष ओली अग्रता कायम असल खबर २०७९ मंसिर ६, मंगलवार १३:३३ मा प्रकाशित

    काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार मध्याह्न १२ः१५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १३५ स्थानको मतगणना जारी छ ।

    अहिलेसम्म नेपाली कांग्रेसका तीन उम्मेदवार विजयी भइसक्नुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसक्नुभएको छ ।

    जारी मतगणनामा नेपाली कांग्रेस ४२ स्थानमा अगाडि छ । नेकपा (एमाले) ३८, नेकपा (माओवादी केन्द्र) १४, राष्ट्रिय स्वतन्त्र पार्टी ११, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच र अन्य दल तथा उम्मेदवार २२ स्थानमा अग्रस्थानमा छन् ।

    समानुपातिकतर्फ एमाले अगाडि

    समानुपातिकतर्फको मतगणनामा एमाले अगाडि छ । हालसम्म एमालेले ७६ हजार ३२३, कांग्रेसले ६५ हजार ५९२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३३ हजार ३३७, माओवादी केन्द्रले २९ हजार ६५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४४ मत प्राप्त गरेका छन् ।

    जनता समाजवादी पार्टीले पाँच हजार ८३३, जनमत पार्टीले पाँच हजार ४५५, नेपाल मजदुर किसान पार्टीले चार हजार ४३८, नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५३८, नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ४६० मत प्राप्त गरेका छन् ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार