Logo

    पर्सा क्षेत्र नम्बर २ (क) मा काँग्रेसका श्याम पटेल विजयी

    पर्सा क्षेत्र नम्बर २ (क) मा काँग्रेसका श्याम पटेल विजयी असल खबर २०७९ मंसिर ६, मंगलवार १८:२५ मा प्रकाशित

    वीरगंज । प्रदेश सभा तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर २(क) बाट नेपाली काँग्रेसका श्याम पटेल विजयी हुनु भएको छ ।

    पटेलले १३ हजार ७ सय ८४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका रामनरेश यादवले १२ हजार १ सय २७ मत प्राप्त गर्नुभएको छ । पटेलले यादवलाई १ हजार २ सय ५७ मतान्तरले पराजित गर्नु भएको हो ।

    पटेल निर्वाचित भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिनुभयो ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार