Logo

    रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी

    रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी असल खबर २०७९ मंसिर ८, बिहीबार १३:३० मा प्रकाशित

    रौतहट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ६ हजार ६ सय मतान्तरले विजयी हुनुभएको छ ।

    उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गर्नुभएको छ ।

    योसँगै यस क्षेत्रको निर्वाचन गठबन्धनका सबै उम्मेदवार विजयी हुनुभएको छ ।

    यस्तै प्रदेशसभाको क्षेत्र नम्बर १ को (ख) मा नेपाली काँग्रेसका कृष्णप्रसाद यादव विजयी हुनुभएको छ उहाँले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८१ मतान्तरले पराजित गर्नुभएको हो ।

    नेपाली काँग्रेसको मधेश प्रदेश सभापति समेत रहनुभएका यादवले १२ हजार ४ सय ८१ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी चौधरीले ११ हजार ४ सय मत प्राप्त गर्नु भएको छ ।

    यस्तै  क्षेत्र नम्बर १ (क) का लागि प्रदेशसभा सदस्यमा नेपालीका काँग्रेसका नागेन्द्र साह विजयी हुनुभएको छ ।

    उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकिशोर प्रसाद यादवलाई १ हजार ६ सय ३९ मतान्तरले पराजित गर्नुभएको हो ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ताजा समाचार
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Deep Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    ट्रेंडिंग समाचार