Logo

    एमालेकी पद्मा अर्यालको स्याङ्जा २ मा अग्रता

    एमालेकी पद्मा अर्यालको स्याङ्जा २ मा अग्रता बिष्णु प्रसाद बराल २०७९ मंसिर १५, बिहीबार ०७:२८ मा प्रकाशित

    असल खबर। मतदान भएको १० दिनपछि स्याङ्जा क्षेत्र नं. २ मामतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशन पछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन ।
    अर्यालले २ हजार ३०४ मत ल्याएर अग्रता लिएकी हुन् । नेपाली काङ्ग्रेसका धनराज गुरुङले १ हजार ७०३ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १८० मत पाएका छन् ।

    स्याङ्जा २ चापाकोटका ४ वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।
    ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मूकदर्शक बनेको उनीहरूको आरोप थियो । अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसे पनि त्यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पाटीका टीकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन गरेका थिए।
    विवाद भएपछि लामो समय मतगणना वा मतदान के हुने भन्ने अन्योलका बीच मतगणना सुरू भएको हो ।

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार