Logo

    अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिदै

    अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिदै बिष्णु प्रसाद बराल २०७९ मंसिर १५, बिहीबार ०७:४६ मा प्रकाशित

    असल खबर। अभिनेता पलको न्यायको माग गर्दै रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।नाबालिग करणीको आरोपमा जेलभित्र रहेका पल शाहका फ्यान क्लबले यहि मंसिर १७ गते वसन्तपुरमा रक्तदान कार्यक्रममा गर्न लागेको हो । रक्तदान बिहान ८ बजेबाट सुरु हुनेछ ।
    पल कानुनी झमेलामा फस्नु अघि यो क्लबले उनको जन्मदिनमा विभिन्न सामाजिक कार्यहरु गर्ने गरेको थियो । अहिले भने उनको न्यायको माग गर्दै रक्तदान गर्न लागेको हो । पललाई गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश जारी गरेको थियो । पल अहिले जिल्ला कारागार तनहुँमा छन् । नवलपुर अदालतले पलमाथि लागेको आरोपको विषयमा फैसला गरिसकेको भएपनि तनहुँ जिल्ला अदालतको मुद्दा भने विचाराधीन छ ।
    थुप्रै म्युजिक भिडियो तथा दर्जनौको हाराहारी फिल्म अभिनय गरेका शाहले म्युजिक भिडियो र फिल्मबाट धेरैस्रोतको प्रशंसक कमाउन सफल भएका छन् । तनहुँ प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहँदा उनको रिहाइको माग गर्दै उनका थुप्रै प्रशंसक सडकमा उत्रिएका थिए । जेलभित्र रहदा समेत उनलाई फिल्मका अफर मिलिरहेको बताइन्छ ।

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार