Logo

    आज काठमाण्डौमा यस वर्षकै चिसो, न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस

    आज काठमाण्डौमा यस वर्षकै चिसो, न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस असल खबर २०७९ मंसिर १५, बिहीबार ०७:४६ मा प्रकाशित

    काठमाण्डौ । काठमाण्डौमा आज यसवर्षकै चिसो छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । काठमाण्डौको हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस थियो ।

    देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ ।

    दिउँसो भने पारिलो घाम लाग्ने गरेकाले न्यानो छ । देशका धेरै ठाउँको अधिकतम तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि नै रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार