Logo

    कला संस्कृति र सम्पदाको संरक्षणमा सरकारले विशेष ध्यान दिन्छ : प्रधानमन्त्री देउवा

    कला संस्कृति र सम्पदाको संरक्षणमा सरकारले विशेष ध्यान दिन्छ : प्रधानमन्त्री देउवा असल खबर २०७९ मंसिर १५, बिहीबार १५:२३ मा प्रकाशित

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कला संस्कृति र सम्पदाको संरक्षणमा विशेष ध्यान दिने बताउनुभएको छ ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले नेपाली कलाकारले सिर्जना गरेका कृतिहरूले विश्वमा नेपाललाई कलाको देश भनेर चिनाएको बताउनुभयो । उहाँले जीवन्त सिर्जना कहिल्यै पुरानो नहुने पनि बताउनुभयो ।

    समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पुराना कलाकृतिको संरक्षण गर्दै नयाँ कला सिर्जनामा प्रतिष्ठान लागि परेको बताउनुभयो ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार