गायक सञ्जय चौधरीको थारु गीत ‘घरपाला मोद’ सार्वजनिक - Asalkhabar
Logo

    गायक सञ्जय चौधरीको थारु गीत ‘घरपाला मोद’ सार्वजनिक

    गायक सञ्जय चौधरीको थारु गीत ‘घरपाला मोद’ सार्वजनिक असल खबर २०७९ पुष ४, सोमबार १४:२५ मा प्रकाशित

    चितवन । चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ । शुक्रबार अपरान्ह सेविल इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ ।

    यस गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ । ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् । यस गीतको भिडियोलाई पनि आकर्षक बनाईएको छ । हिरा चौधरीले निर्देशन गरेको भिडियोमा चर्चित थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय रहेको छ । भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन् । यस गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने निर्माता अरुण आर्यन चौधरी रहेका छन् ।

    गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’लगायतका पप गीतहरु चर्चित छन् ।

    भिडियो

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु