Logo

    भारतीय कम्पनीद्वारा निर्मित खोकीको औषधि खाँदा १८ बालबालिकाको मृत्यु

    भारतीय कम्पनीद्वारा निर्मित खोकीको औषधि खाँदा १८ बालबालिकाको मृत्यु असल खबर २०७९ पुष १५, शुक्रबार १०:४० मा प्रकाशित

    एजेन्सी । उज्वेकिस्तानमा कफ सिरप नामक खोकीको औषधि सेवनबाट १८ बालबालिकाको मृत्यु भएको छ । भारतीय औषधि कम्पनी मेरियन बायोटेनले बनाएको कफ सिरप खाँदा बालबालिकाको मृत्यु भएको उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतको नोयडामा रहेको सो औषधि कम्पनीले निर्माण गरेको कफ सिरफ सेवन गरेका २१ बालबालिका मध्ये १८ जनाको मृत्यु भएको जनाइएको छ । प्रारम्भिक परीक्षणमा कफ सिरपको एउटा ब्याचमा इथाइलिन ग्लाइकोल नामक विषाक्त पदार्थ रहेको भेटिएको छ । जुन शरीरका लागि विषाक्त हुने गर्दछ ।

    औषधि सेवन गरेका बालबालिकालाई चिकित्सकीय परामर्शबिना डोक–१ म्याक्स नामक सिरप खान दिइएको बताइएको छ । उनीहरूलाई दिइएको मात्रा पनि बालबालिकाको लागि निर्धारित मात्राभन्दा बढी रहेको पाइएको छ ।

    गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को भारतीय औषधि उत्पादन गर्ने कम्पनीको सम्बन्ध रहेको पाइएको केही सातापछि उज्बेकिस्तानमा पनि उस्तै घटना दोहोरिएको छ ।

    भारतमै निर्मित कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनले ती सिरपले मिर्गौलामा गम्भीर असर पारेको बताउँदै ती कम्पनीले निर्माण गरेका कफ सिरप नखान चेतावनी दिएको थियो ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार