Logo

    निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा : अर्थमन्त्री

    निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा : अर्थमन्त्री असल खबर २०७९ माघ ९, सोमबार १६:२९ मा प्रकाशित

    रासस, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।

    आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै उहाँले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो ।  महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो ।

    महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्व बजारसम्म पु¥याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो ।  महासङ्घका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय मेला आयोजना हुन सके नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा चिनाउन मद्दत पुग्ने बताउनुभयो ।

    मेलामार्फत् नेपाली कला, संस्कृति, खाद्य परिकार प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ थियो । नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न करिब रू १९ करोड आठ लाख खर्च लाग्ने महासङ्घको अनुमान छ ।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार