Logo

    गण्डकी प्रदेशको वन मन्त्रालय अन्तर्गतका कर्मचारीकाे तह वृद्वि,डिभिजनल वन अधिकृत बरालकाे दशाैं तहमा बढुवा

    गण्डकी प्रदेशको वन मन्त्रालय अन्तर्गतका कर्मचारीकाे तह वृद्वि,डिभिजनल वन अधिकृत बरालकाे दशाैं तहमा बढुवा असल खबर २०७९ माघ ९, सोमबार १८:०२ मा प्रकाशित

    सिटी पोखरा डेक्स, पाेखरा । वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय गण्डकी प्रदेशले मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुकाे तह वृद्वि गरेकाे छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, पोखराबाट गत असाेज २६ मा प्रकाशित तहवृद्धि सम्बन्धी सूचना अनुसार तह वृद्धिका लागि आवेदन दिएकामध्ये उक्त मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रदेश निजामती सेवा अध्यादेश, २०७९ को दफा २७ बमोजिम माघ १ गते देखि लागू हुने गरी मन्त्रालयको माघ ३ गतेको (प्रदेश सचिवस्तर) निर्णय अनुसार कर्मचारीहरुकाे तह वृद्वि भएकाे हाे ।

    यसैविच डिभिजन वन कार्यालय कास्कीमा कार्यरत डिभिजनल वन अधिकृत केदार बरालकाे बढुवा भएकाे छ । हाल डिभिजन वन कार्यालय कास्कीमा कार्यरत उनकाे अधिकृतस्तर नवाैं तहबाट अधिकृतस्तर दशाैं तहमा बढुवा भएकाे हाे ।

    उनीसहित दशाैं तहमा ९ जनाकाे बढुवा भएकाे छ ।

     

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार