Logo

    त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल शाखा प्रमुख अख्तियारको नियन्त्रणमा

    त्रिभुवन विमानस्थलका आन्तरिक टर्मिनल शाखा प्रमुख अख्तियारको नियन्त्रणमा असल खबर २०७९ माघ ९, सोमबार १९:५२ मा प्रकाशित

    काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई नियन्त्रणमा लिएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रण लिइएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

    ‘उजुरीका आधारमा हामीले पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएका हौं’, उनले भने, ‘उहाँ नवौं तहको कर्मचारी हुनुहुन्छ।’

    भण्डारीले चुडालको विषयमा परेको उजुरीबारे थप खुलाएनन्। ‘हामी त्यस विषयमा विस्तृतमा पछि जानकारी गराउँछौं’, प्रवक्ता भण्डारीले भने।

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार