Logo

    झापामा एउटै पासोमा झुन्डिए प्रेमीप्रेमिका

    झापामा एउटै पासोमा झुन्डिए प्रेमीप्रेमिका असल खबर २०७९ माघ १०, मंगलवार १३:३३ मा प्रकाशित

    भद्रपुर, झापा । झापाको कचनकवलस्थित एभरेस्ट टि गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर एक पुरुष र एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    कचनकवल–४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाउनुभएको छ ।

    करिब ३ महिनाअघि दुवैजनाले भागेर विवाह गरेका थिए । केटा पक्षले भागी विवाहलाई स्वीकारे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले बताउनु भयो । केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हाल्नुभएको थियो । प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको बताइएको छ ।

    यसैबीच प्रहरीको टोली घटनास्थल पुगिसकेको र घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

    गत साउनमा पनि कचनकवलमा तीनजना युवतीले सामूहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका थिए ।

    रेडियो नेपालबाट

    तपाइँको प्रतिक्रिया ?
    प्रतिक्रिया दिनुहोस्

    लोकप्रिय समाचार
    ट्रेंडिंग समाचार