
असल खबर।नेबिको प्रालि नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो। नेबिको प्रालिले बिस्कुट कन्फेक्सनरी बाहेक आफ्ना अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याएको छ । त्यस्तै भर्खरै मात्र नेबिको मह बजारमा कम्पनीले लन्च गरेको छ ।एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्रामको साइजमा नेबिको मह बजारमा आएको छ ।झन्डै छपन्न वर्ष देखि उत्पादनमा पहिचान बनाएको नेबिको प्रालिले आगामी दिनहरूमा पनि उपभोक्ताको चाहना र स्वास्थलाई ध्यानमा राखी नयाँ नयाँ उत्पादनहरु बजारमा ल्याउदै छ ।
उपभोक्ता मुल्य एक केजीको ७५०, पाँच सय ग्रामको ,४०० दुई सय पचास ग्रामको २२५ रुपैयाँ रहेको छ । आकर्षक बट्टामा बजारमा आएको मह अत्यन्तै राम्रो गुणस्तरमा रहेको कम्पनीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ?
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार