नि:शुल्क तालिमको अवसर,लक्षित वर्ग बाहेकलाई ६०-८० प्रतिशतसम्म छुट - Asalkhabar
Logo

    नि:शुल्क तालिमको अवसर,लक्षित वर्ग बाहेकलाई ६०-८० प्रतिशतसम्म छुट

    नि:शुल्क तालिमको अवसर,लक्षित वर्ग बाहेकलाई ६०-८० प्रतिशतसम्म छुट सिटी पाेखरा डटकम २०७९ फाल्गुन ११, बिहीबार २१:३७ मा प्रकाशित

    सिटी पोखरा डेक्स,

    पोखरा । इन्फमेटिक कम्प्युटर ईन्स्टिच्युटले पोखरामा ५० जनालाई निशुल्क तालिम दिने भएको छ । लर्निङ नेपाल फाउन्डेसनको आर्थिक सहयोगमा ईन्स्टिच्युटले दलित, न्यून आयस्तर भएका र अल्पसंख्यक साथै केही गर्न इच्छा शक्ति भएकालाई निशुल्क तालिम प्रदान गर्न लागेको हो ।

    प्रवन्ध निर्देशक प्रदीप थापाका अनुसार तीन महिनाको अवधीमा कम्प्युटर तर्फ एमएस वर्ड, एमएस एक्सल, पावरपोइन्ट र फोटोसप सिकाइने छ । यस्तै क्षमता बिकासको लागि उद्घोषण तालिम र अंग्रेजी भाषाका कक्षा र रिसेप्सन तालिम प्रदान गरिने छ ।

    लक्षित बर्गले यहि फागुन २० गते सम्ममा कार्यालयमा आवेदन दिन सक्नेछन् । आवेदन दिन १०+२ को प्रमाणपत्रको प्रतिलिपी वा एसएलसी एसइई उत्तीर्णको प्रतिलिपी , नागरिकताको प्रतिलिपी (भए ) र पासपोर्ट साइजको २ प्रती फोटो आवश्यक पर्ने निर्देशक थापाले बताए । यस्तै फारम दस्तुर रु ५०० लाग्ने थापाले जनाए ।

    आवेदन दिएका मध्येबाट अन्तरवार्ताबाट लक्षित बर्गको पहिचान गर्ने र लक्षित बर्ग बाहेकका निवेदक तथा इच्छुकलाई ६० प्रतिशत देखि ८० प्रतिशत सम्म छुटमा तालिम प्रदान गरिने ईन्स्टिच्युटले जनाएको छ ।

    २०६७ साल देखि ग्रीन प्लस नेपालको सहकार्यमा कम्प्युटर सम्बन्धि आधारभुत कम्प्युटर तालिम, डिप्लोमा, ग्राफिक, अकाउन्टिङ प्याकेज, वेभ पेज डिजाइनिङ र उद्घोषण कला झन्डै ७० हजार प्रशिक्षार्थीलाई तालिम दिइसकेको संस्थाले अहिले लर्निङ नेपाल फाउन्डेसनसंग सहकार्य गरेको हो ।

    तालिम पछि प्रशिक्षार्थीमा क्षमताको विकास हुने, स्वरोजगारी बन्न सक्ने तथा रोजगारीका लागि लर्निङ नेपाल फाउन्डेसनले सहजीकरण र समन्वय गरिदिने पनि निर्देशक थापाले जनाएका छन् ।

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु