बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी - Asalkhabar
Logo

    बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

    बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी असल खबर २०७९ फाल्गुन २२, सोमबार १५:१० मा प्रकाशित

    एजेन्सी । बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थीहरूको शिविरमा भीषण आगलागी भएको छ।अलजजिराका अनुसार आइतबार दिउँसो कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी भएको हो।

    आगलागीबाट १२ हजार शरणार्थीहरू छानाविहीन भएका छन्। शिविरमा रहेका घरहरू जलेपछि उनीहरू खुला आकाशमूनि बस्न बाध्य भएका छन्।

    आगलागीमा मानवीय क्षति भने भएको छैन। आगलागीको कारण थाहा भएको छैन। तीन घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।

    म्यानमारको रखाने क्षेत्रका मुस्लिमहरू विस्थापित भएर शरणार्थी बनेर बंगलादेशमा बस्न क्रम वर्षौंदेखि चलिरहेको छ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु