अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा पनि क्षति - Asalkhabar
Logo

    अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा पनि क्षति

    अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा पनि क्षति सिटी पाेखरा डटकम २०७९ चैत्र ८, बुधबार १०:५५ मा प्रकाशित

    सिटी पोखरा डेक्स,

    अफगानिस्तान। अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

    मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।

    विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

    यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु