इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने - Asalkhabar
Logo

    इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने

    इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने असल खबर २०७९ चैत्र १४, मंगलवार १२:२६ मा प्रकाशित

    वार्सा, १४ चैत । युरोपेली सङ्घ (इयु)को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ ।

    युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो । सङ्घको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

    पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्याङ्कका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चार वटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

    हालसम्म सङ्घमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु