कोभिडबाट असी लाखभन्दा बढी बालबालिका अनाथ - Asalkhabar
Logo

    कोभिडबाट असी लाखभन्दा बढी बालबालिका अनाथ

    कोभिडबाट असी लाखभन्दा बढी बालबालिका अनाथ असल खबर २०७९ चैत्र १४, मंगलवार १६:५० मा प्रकाशित

    न्युयोर्क, १४ चैत । कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन् ।

    विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त सङ्ख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ । कोभिड महामारीको प्रभावका सम्बन्धमा खोज गरेको इम्पेरियल कलेज, लण्डनका अनुसार महामारीको तीन वर्षको अवधिमा संयुक्त राज्य अमेरिकामा दुई लाख ३८ हजार पाँच सय बालबालिकाले अभिभावक गुमाएका छन् ।

    अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम नियन्त्रण केन्द्रले अभिभावक गुमाएका बालबालिका गरिबीतर्फ धकेलिएका, दुव्र्यवहारको जोखिममा रहेका, उनीहरूको शरीरिक एवम् मानसिक विकास तथा मानसिक स्वास्थ्यका साथै शिक्षामा चुनौती थपेको बताएको छ । कोरोनाका कारण सबैभन्दा धेरै अभिभावक गुमाउने अमेरिकी छ राज्यमध्ये क्यालिफोर्निया पहिलो स्थानमा छ ।

    न्युयोर्क राज्यले अभिभावक वा आफ्नो हरेचाह गर्ने गुमाएका बालबालिकाका निम्ति छात्रवृत्ति कोषमार्फत आर्थिक सहयोग गर्ने वैधानिक व्यवस्था गरेको छ ।

    कोषबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा, आवासको प्रबन्ध गरिनेछ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु