दुबईको एउटा पाँच तल्ले आवासीय भवनमा आगलागी: १६ जनाको मृत्यु - Asalkhabar
Logo

    दुबईको एउटा पाँच तल्ले आवासीय भवनमा आगलागी: १६ जनाको मृत्यु

    दुबईको एउटा पाँच तल्ले आवासीय भवनमा आगलागी: १६ जनाको मृत्यु असल खबर २०८० बैशाख ४, सोमबार ०६:४६ मा प्रकाशित

    युनाइटेड अरब इमिरेट्सको चर्चित शहर दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

    दुबईको पुरानो क्षेत्र अल रस भन्ने ठाउँबाट आगलागी शुरु भएको बताइएको छ । यो क्षेत्र धेरै आप्रवासी र व्यापारीहरुको आवास क्षेत्र पनि हो । स्थानीय संचार माध्यमहरुका अनुसार पाँच तल्ले भवनको चौथो तलाबाट आगलागी शुरु भएको थियो ।

    दुबई सिभिल डिफेन्सले निर्माण सुरक्षा र सुरक्षा आवश्यकताहरूको पालना नगरेका कारण घटना घटेको बताइएको छ । स्थानीय समय अनुसार शनिबार राति पौने १ बजे अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए ।

    अल-रस क्षेत्र पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु रहेको शहरकै सुन र मसला बजार नजिक छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको दुबईको नागरिक सुरक्षा निकायले स्थानीय पत्रिका द नेसलनलाई बताएको छ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु